१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १o:३५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिडले बदलेको ‘वर्क फ्रम होम’को धारणा

कोभिडपूर्व घरबाट काम गर्दा साहुको नजरबाट टाढा भइन्छ भन्ने धारणा थियो, तर ‘वर्क फ्रम होम’सँगै यो धारणा परिवर्तन भयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

भिड महामारीका वेला विश्वका लाखौँ मानिसले अफिसको काम घरबाट गर्न थाले । यसलाई ‘वर्क फ्रम होम’ भनियो । त्यतिवेला यो सामान्य विषय थियो । तर, अहिले स्थिति पूर्ववत् अवस्थामा आइसकेको छ । कोभिडको तीन वर्षपछि आएर गुगल, मेटा र अमेरिकाको ठूलो बैंक जेपी मोर्गन चेज एन्ड कम्पनीजस्ता कैयौँ कम्पनीले ‘वर्क फ्रम होम’ मोडेलबारे पुनः विचार गर्न थालेका छन् । यी कम्पनीले आफ्ना कर्मचारीलाई पूरै हप्ता या हप्तामा केही दिन अफिस आएर काम गर्न भनेका छन् । 

कोरोनामा बदलिएको धारणा :  आयटम युनिभर्सिटीमा फाइनान्सका सहायक प्राध्यापक होजे मारिया बरेरोले वर्क फ्रम होम रिसर्च प्रोजेक्ट सुरु गरेका थिए । यसमा रिमोट वर्किङ या वर्क फ्रम होमबारे जानकारी एकत्रित गरिँदै छ । बरेरोका अनुसार कोभिडमा लकडाउन हुँदा मानिसहरू घरबाटै काम गर्न बाध्य भए । त्यो अवस्थामा बरेरोले अफिसका कैयौँ काम घरमै बसेर गर्न सकिन्छ भन्ने देखाए । 

कोभिडअगाडि घरबाट काम गर्दा म्यानेजर या साहुको नजरबाट टाढा भइन्छ, इमानदारीपूर्वक काम भएको छैन भन्ने धारणा थियो । तर, महामारीले वर्क फ्रम होम गरेसँगै यो धारणामा पनि परिवर्तन आएको छ । ‘वर्क फ्रम होम’बारे शोध गर्दा अमेरिकामा ३४ देशका हजारौँजनालाई सोधिएको थियो । शोधको नतिजामा अमेरिका र बेलायतजस्ता अंग्रेजी भाषा बोल्ने देशमा युरोपका अन्य विकसित देशको तुलनामा वर्क फ्रम होमको स्तर अधिक रहेको पाइयो । यो स्तर एसिया र ल्याटिन अमेरिका देशमा भने कम छ । यसको कारण भनेको एसियाली देशले कोभिडलाई राम्रैसँग नियन्त्रण गरे । जसले गर्दा त्यहाँ लामो समय लकडाउन भएन र मानिसलाई घरबाट काम गर्ने बानी पनि कम लाग्यो । 

अमेरिकामा ६० प्रतिशत मानिसले आफ्नो काम घरबाट गर्न सक्दैनन् । किनकि, पसल या कलकारखानामा काम गर्नेका लागि यो सम्भव पनि देखिँदैन । तर, कोही मानिस अफिसमा गएर काम गर्छ भने उसले घरबाट पनि काम गर्न सक्छ । यसलाई कामको ‘हाइब्रिड’ मोडेल भनिन्छ । प्राध्यापक बरेरो भन्छन्, ‘अब हाइब्रिड वर्क मोडेल नै काम गर्ने प्रमुख तरिका हो । करिब ३० प्रतिशत मानिस यही मोडेलमा काम गर्छन् ।’

बरेरोका अनुसार कुल कर्मचारीको सानो अंश मात्रैले रिमोट वर्क अर्थात् घरबाट काम गर्छन् । विशेषगरी प्रविधिजन्य काम घरबाट हुन्छ । बरेरोको सर्वेक्षणमा भाग लिएका अधिकांश मानिस घरबाटै काम गर्न चाहन्छन् । यसका कैयौँ कारण छन् । एउटा त घरबाट काम गर्दा अफिस जानेआउने समय र खर्च बच्छ । दोस्रो, घरबाट काम गर्दा आरामपूर्वक पनि काम गर्न पाइन्छ । तर, यसबारे कम्पनी अनुकूल छैनन् । कम्पनीहरूलाई लाग्छ, कर्मचारीले घरबाट प्रभावकारी ढंगले काम गर्दैनन् । तर, बिस्तारै यो दिशा परिवर्तन भएको छ ।

कोभिड महामारीले कामकाजको तरिकालाई नयाँ बाटो देखाएको भन्न सकिन्छ । यही कारणले अहिले घरबाट काम गर्नु सामान्य विषय बनेको छ । यद्यपि, विश्वका हरेक ठाउँमा यो लागू भने छैन । 
 

कोभिड महामारीले कामकाजको तरिकालाई नयाँ बाटो देखाएको भन्न सकिन्छ । यही कारणले अहिले घरबाट काम गर्नु सामान्य विषय बनेको छ । यद्यपि, विश्वका हरेक ठाउँमा यो लागू भने छैन । ‘वर्क फ्रम होम’मा जोखिम ः केही कम्पनीले बजारमा उपस्थिति जनाइरहन कर्मचारीलाई घरबाटै काम गर्न सल्लाह दिएका छन् । तर, अफिसभन्दा बाहिर (रिमोट वर्किङ) बसेर काम गर्नेलाई विभिन्न नियम र निर्देशन पनि छन् र यी नियमको पालना गर्नु जरुरी पनि छ । यता, अनलाइन काम गर्नेहरूलाई निर्धारित समयपछि कम्प्युटर बन्द गर्ने अधिकार पनि छ । 

वर्क फ्रम होमको एउटा जोखिमचाहिँ कहिलेकाहीँ तोकिएको समयभन्दा पनि बढी काम गर्नुपर्छ । तर, अब उनीहरूसँग डिसकनेक्ट गर्ने अधिकार छ । यसलाई फ्रान्स, इटाली, फिलिपिन्स र क्यानडाजस्ता देशमा प्रयोगमा ल्याइँदै छ । यसको अर्थ, कामको समय समाप्त भएपछि कर्मचारीले चाहेको खण्डमा अनलाइन कनेक्सन बन्द गर्न सक्छ । कम्पनीको फोन नउठाउन पनि पाउँछ । साथै, तोकिएको समयभन्दा पछाडि काम गर्दिनँ भन्नसमेत पाउँछ । यसमा कम्पनीले ऊविरुद्ध कुनै अनुशासनात्मक कारबाही गर्न सक्दैन । तर, एउटा पेचिलो विषय, केही कम्पनी घरबाट काम गर्ने कर्मचारीको तलब घटाउनेबारे पनि सोच्छन् । यस्तैमा अमेरिकाको वित्तीय क्षेत्रमा केही कम्पनीले घरबाट काम गर्ने कर्मचारीको तलब घटाएको बताउँछन्, श्रम कानुन विशेषज्ञ रामेल गिल । 

चुनौती :  कोभिडपछि धेरैले घरबाट काम गर्न थालेका छन् । आफ्ना सहकर्मी, सहयोगीसँग भिडियो कन्फ्रेन्स कलमार्फत बैठक बसेका छन् । त्रिनिटी बिजनेस स्कुल डुब्लिनका प्रोफेसर भ्लाद रिभकिनका अनुसार घरबाटै काम गर्दा यसको असर कर्मचारीको मानसिक स्वास्थ्यमा पर्छ । कर्मचारीको मानसिक स्वास्थ्य नै बिग्रिएपछि कामप्रति लगाव रहन्न । अवसाद हुन्छ र बिरामी हुन्छन् अनि छुट्टी बस्छन् । यस्तो अवस्थामा कम्पनीले उनीहरूको सट्टा अर्कैलाई काममा राख्नुपर्छ, जुन महँगो साबित हुन सक्छ । 

यसैगरी, वर्क फ्रम होमको अर्को समस्या भनेको कर्मचारीको व्यावसायिक जीवन र निजी जीवन धुमिल बन्छ । अफिसमा काम गर्दा निश्चित समयमा काम सकिन्छ र मानिस घर फर्किन्छन् । तर, यही काम घरबाट गर्दा त्यो सम्भव नहुन पनि सक्छ ।
 बिबिसी