१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २० बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोरोनाकाे बुस्टर डोज अभियान २५ भदौदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २० बुधबार १०:२७:००

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालयकी सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज धेरै मानिसले लगाउन छुटेकाले पुनः सञ्चालन गर्न लागिएकोे जानकारी दिइन् । 

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागेको होे । खड्काका अनुसार यही २५ देखि ३० भदौसम्म अभियान सञ्चालन हुनेछ । यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाका लागि ५ देखि ११ भदौसम्म पनि अभियान सञ्चालन गरिएको थियो ।

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालयलगायतमा खोप लगाइनेछ ।