मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १९ मंगलबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र बालेनबारे शेखर– अराजक किसिमले बोल्न मिल्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १९ मंगलबार १४:१५:००

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने भन्दै उनले आपत्ति जनाएका हुन्। प्रधानमन्त्रीले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले बोल्न नहुनेतर्फ कोइरालाले सचेत गराए।

पार्टीनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

‘देश अराजकतातिर बढ्न गएको भन्ने खबर दुई–तीन दिन पहिले कहिले हो, काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नुहुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यी कुराहलाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ,’ उनले भने।