१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वर्षाले अवरुद्ध नेपाल-भारतबीचको खेल अझै सुरु हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। 

श्रीलंकाको पेलेकेलेमा जारी खेलमा नेपालले भारतलाई दिएको २ सय ३१ रनको लक्ष्य पछ्याइरहेकाे अवस्थामा वर्षाका कारण खेल अवरुद्ध हुन पुगेकाे हाे। खेल रोकिनुअघि भारतले २.१ ओभर १७ रन बनाउँदा वर्षा सुरु भएको थियो। 

नेपालले ४८.२ ओभरमा पूरा विकेट गुमाउँदै दुई सय ३० रन बनाएको हो। नेपालको इनिङ्समा ओपनर आसिफ सेखले अर्धशतकीय इनिङ्स खेले। 

आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किए। आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यस्तै, ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। 

पहिलो विकेटका लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल २ रन, गुल्सन झा २३, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ५६ बलमा ४८ रन बनाएर पेभिलियन फर्किएका छन्। सन्दीपले ९ रन बनाए।