१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बुस्टर डोज’ अभियान २५ भदौदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। 

स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज धेरै मानिसहरूले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन्।   

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो। उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो। 

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ। उनले दोस्रो बुस्टर लगाउनेको संख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्।  

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ। कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालय, नगर अस्पतालहरू र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ।  

यसअघि नियमित रूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो। 

अहिले कोरोना भाइरसको संक्रमण ह्वात्तै घटेको छ। हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा संक्रमित संख्या शून्य रहेको थियो।