
एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले आक्रामक सुरुवात गरेको छ ।
तीनपटक क्याचको अवसर गुमाएपछि भारतीय बलर विकेटका लागि प्रयासमा छन् । तर, यसबीच छैटौँ ओभरमा कुशल भुर्तेलले माेहम्मद सिराजलाई विशाल छक्का प्रहार गरेका छन् ।
६ ओभरको खेल सकिँदा नेपालले कुनै विकेट नगुमाई ३३ रन बनाएको छ ।