१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एकदिवसीय क्रिकेटमा कुशलको हजार रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

नेपालका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्। एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँगकाे प्रतिस्पर्धामा भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन्।

यो सफलता प्राप्त गर्ने उनी नेपालका तेस्रो खेलाडी हुन्। एसिया कपअन्तर्गत समूह ‘ए’मा भारतसँगको प्रतिस्पर्धामा उनले २.२ ओभरमा मोहमद सामीको ओभरमा तीन रन लिँदै हजार रन पूरा गरे।

सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका भुर्तेलले ४६ खेलमा ४५ इनिङ्स खेलेका छन्। उनले ५० ओभरको खेलमा एक शतक र ६ अर्धशतक बनाएका छन्। एकदिवसीय खेलमा उनको व्यक्तिगत सर्वाधिक रन एक सय १३ रन हो।