१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १८ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भएको छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १२:२o:oo

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने धारणा राखे। श्रेष्ठले विश्व मानचित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने बताए।

‘ग्लोबल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रूपमा बदल्नुपर्छ। यो जस सम्माननीय प्रधानमन्त्रीको कार्याकालमा होस्। पीडितलाई न्यायको प्रतीक्षा अब ढिलाइ हुन दिनुहुँदैन। यो समाधान गर्न सकिने विषय हो। राष्ट्रिय प्रयासबाट हुन सक्छ,’ उनले भने।

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताए। उनले न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने प्रस्ट पारे।