
बच्चाको बढ्दो उमेरमा पर्याप्त निद्रा पुग्नुपर्छ । उमेरअनुसार बच्चाहरू सुत्ने समय पनि फरक हुन्छ । भर्खर जन्मिएका बच्चा धेरै समय सुत्ने गर्छन् । उनीहरू २४ घन्टामा २० घन्टै सुत्ने गर्छन् । बिस्तारै उमेर बढ्दै गएपछि सुत्ने समय पनि घट्दै जान्छ । पाँच वर्षको उमेरमा आइपुग्दा बच्चाहरू १० घन्टा सुत्छन् ।
बालबालिका कम्तीमा आठ घन्टाचाहिँ सुत्नैपर्छ । तर, कतिपय बच्चा पर्याप्त सुत्न सक्दैनन् । दिउँसोको समय धेरै सुत्ने पनि हुन्छन् । रातको समयमा निदाउन सक्दैनन् । अर्काे, रातको समय पटक–पटक उठ्ने पनि गर्छन् । सुत्ने–उठ्ने समय एउटै हुनुपर्छ । यो राम्रो संकेत होइन ।
बच्चामा निद्राका विभिन्न चरण हुन्छन् । हामी सुत्दा दिमागका विभिन्न कुराको प्रोसेसिङ भइरहेको हुन्छ । त्यो प्रोसेसिङले बालबालिकामा स्मरणशक्ति बढाउने काम गर्छ । इन्टेलिजेन्स बढाउने पनि आफ्नो ठाउँमा छ । सुतेको वेला बालबालिकालाई ‘स्ट्रेस’ कम हुन्छ । विभिन्न कारणले बच्चालाई अनिद्रा हुन्छ । राति सुत्दा घुर्ने समस्या देखियो भने पनि राम्रो संकेत होइन । बच्चालाई निद्रा परेन भनेर बुझ्नुपर्छ । बच्चामा यस्ता समस्या देखियो भने चिकित्ससँग सल्लाह लिन जरुरी हुन्छ ।
अनिद्राका लक्षण
अनिद्राले निम्त्याउन सक्छ
बच्चालाई राम्ररी सुताउन के गर्ने ?