मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १७ आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट अभावले निर्धारित योजना सम्पन्न गर्न सक्ने अवस्था छैन : मन्त्री आचार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १६:५५:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

बाल सुधारगृह र वृद्धाश्रमसमेत बजेटकै अभावमा आवश्यकताअनुसार बनाउन नसकिएको उनको स्पष्टीकरण थियो। आइतबार संसद्को महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन्।

‘खासगरी यो मन्त्रालयमा बजेटको अभाव नै प्रमुख कारण पनि हो । बजेट अत्यन्त न्यून भएको कारणले पनि हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्न सक्ने अवस्था पनि छैन,’ उनले भने।

बालविवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरू मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहेअनुसार अघि बढाउन सक्ने अवस्था नरहेको मन्त्री आचार्यको भनाइ थियो।