Skip This
ad
कोशीका मुख्यमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:o२:oo

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएको दाबीसहित कार्कीले रिट दायर गरेका थिए।

 

 

ad
ad