Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार ११:३४:oo
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ तोकिएको छ।
साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. एक सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार ५० तोकिएको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार चार सय ६० तोकिएको महासंघले जनाएको छ।