मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौँ
२०८० भदौ १७ आइतबार १०:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० भदौ १७ आइतबार १०:५२:००

काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा.३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा.६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एक–आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको जानकारी दिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।  

प्रहरी प्रवक्ता ढुंगेलका अनुसार घाइतेमध्ये आठजनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल र ६ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बसचालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।