१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपभोक्ता जागरण अभियानद्वारा संसदीय समितिका सभापतिलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:o१:oo

उपभोक्ता जागरण अभियान नेपालले कृषि तथा पशुपक्षीमन्त्री, उद्योग तथा वाणिज्य र श्रम एवं उपभोक्ता हितसम्बन्धी संसदीय समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएको छ।

स्वास्थ्य बिमा, अस्पतालको पार्किङ व्यवस्था, शिक्षा क्षेत्रका विकृति, स्वच्छ बजारका चुनौती, तरकारी र फलफूल तथा खाद्यान्नमा रहने विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला र जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता अभियानलगायतका विषयहरू ज्ञापनपत्रमा समेटिएको छ।

ज्ञापनपत्र बुझ्दै कृषि तथा पशुपक्षीमन्त्रीले हालै विषादीको अवशेष परीक्षण गर्ने ल्याबलाई सबै प्रदेशमा निरन्तरता दिने गरी बजेट व्यवस्था भएको जानकारी दिएका थिए। संसदीय समितिका सभापतिले ज्ञापनपत्रमा समेटिएका सुझाव कार्यान्वयन गर्ने सिलसिलामा छिट्टै सरोकारवालालाई राखेर छलफल गर्ने आश्वासन दिएका थिए।

ad
ad