१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। पार्टी कार्यालय वनस्थलीमा शुक्रबार सो भेटवार्ता भएको हो।

भेटका क्रममा सभापति लामिछानेले पार्टीको मुख्य एजेन्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको उल्लेख गरे। नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत हल गर्दै जानुपर्ने कुरासमेत लामिछानेले राखेका थिए।

उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा. मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य शिशिर खनाल र प्रतिनिधिसभा सदस्य मनीष झासमेत सहभागी थिए।