१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रभु क्यापिटल लिमिटेड र होस्टे–हैँसेबीच सम्झौता नवीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o३:oo

प्रभु क्यापिटल लिमिटेडले बालबालिकालक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्टे– हैँसेसँगको सम्झौता नवीकरण गरेको छ।

उक्त सम्झौताअनुसार बालबालिकाहरूका लागि प्रभु लिटिल च्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिएबापत एकजना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ।

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रूमा समाजमा आफ्नोतर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्ना छोराछोरीको उज्ज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाइ छ। 

‘छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘होस्टे–हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो

‘प्रभु लिटिल च्याम्प्स’ नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सञ्चालन गरिएको पिएमएस सेवा हो। यस सेवाको लगानी अवधि पाँच वर्ष, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) दुई प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधिपश्चात् र गरिब तथा पिछडिएका बालबालिकालाई एक वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्नेलगायत यस योजनाका मुख्य विशेषता हुन्।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ। त्यसैगरी ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुन सक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ।

ad
ad