मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
फाइल तस्बिर
२०८० भदौ १५ शुक्रबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौतर्फी आक्रमण परास्त गर्न कांग्रेस एकढिक्का हुनुपर्छ : नेता काेइराला 

Read Time : < 1 मिनेट
२०८० भदौ १५ शुक्रबार १४:५८:००

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

आज दमौलीस्थित बिपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।’ उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ कांग्रेसको गढ हो, चिन्ता लिनुपर्ने अवस्था छैन, तर नेतृत्वले एकढिक्का बनाउन जोड दिनुपर्ने उनको भनाइ थियो। 

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा. कोइरालाले सुझाव दिए।