१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले प्रतिस्पर्धाबीच हाम्रा प्राथमिकता सेट गर्नुभन्दा अगाडि क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

क्षमता वृद्धि नभएकाले नै आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेकाे उनको भनाइ थियो। उनले भने, ‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन्। कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूरण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने हुन्छ। हामीले पनि त्यही गर्नुपर्छ। हामीले सोच्ने भनेकै देशका लागि हो।’

क्षमता वृद्धि गरेर आफ्ना प्राथमिकता सुस्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत हुनुपर्ने बताउँदै उनले भने, ‘यो आवश्यकता र अधिकार हो भनेर प्रस्तुत हुने हो भने हामीलाई धेरै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेछ। गुडविललाई हामीले सहयोगमा रूपान्तरण गर्न सक्छौँ। यो सम्भावनालाई हामीले पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौँ।’