१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
विश्व

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’को निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

संयुक्त राष्ट्रसंघले ग्याबोनमा भएको ‘कु’को निन्दा गरेको छ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार ग्याबोनमा भएको ‘कु’को निन्दा गरेका हुन्। 

गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा सोबारेमा जानकारी गराए।  

प्रेस ब्रिफिङमा महासचिव गुटेरेसको भनाइ उद्धृत गर्दै प्रवक्ता स्टेफेनले भने, ‘महासचिवले ग्याबोनको विकसित अवस्थालाई नजिकबाट नियालिरहनुभएको छ। मौलिक स्वतन्त्रताको गम्भीर उल्लंघनको रिपोर्टका बीचमा चुनावको नतिजा घोषणालाई उहाँले गम्भीर चिन्ताका साथ हेर्नुभएको छ। ‘कु’ प्रयासको संयुक्त राष्ट्रसंघ निन्दा गर्दछ। देशमा सबैलाई संयम अपनाउन र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दछु।’

उनले राष्ट्रपति र उनको परिवारको सुरक्षा गर्न राष्ट्रिय सेना र सुरक्षा बलहरूलाई आग्रह गर्दै ग्याबोनका जनताको साथमा संयुक्त राष्ट्र संघ रहेको बताएका छन्।
 
[सिन्ह्वाको सहयोगमा तयार पारेको समाचार सामग्री ।]