१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ १४ बिहीबार ०९:३६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यस्ताे छ रक्षाबन्धनको महत्व

आज ऋषि तर्पणी पर्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ १४ बिहीबार ०९:३६:००

ज्ञान उपार्जनका लागि जनैको महत्व ठूलो छ । तागाधारीले जनै नलगाई गरेका कर्म निष्फल हुन्छ भनेर शास्त्रमा पनि लेखिएको छ । त्यसैले उनीहरू जनै नलगाई कुनै काम गर्दैनन् । 

रक्षाबन्धन भनेको हातमा रक्षा सूत्र बाँध्ने काम हो । हाम्रो शरीरको रक्षा गर्छ भन्ने मान्यताका साथ रक्षाबन्धन गरिन्छ । यो दिन प्रायः सबैले हातमा डोरो बाँध्छन् । तागाधारीहरूले नयाँ जनै फेर्छन् ।

जनैपूर्णिमा भनेको जनै लगाइसकेपछि अध्ययन आरम्भ गर्ने साइत हो । भारतका कतिपय ठाउँमा नागपञ्चमीको दिनबाट पनि अध्ययन आरम्भ हुन्छ । तर, नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जनै फेर्ने र वेदको अध्ययन आरम्भ गर्ने अभ्यास छ । अभिमन्त्रण गरेको जनै फेरिसकेपछि गुरुकुलमा जाने गरिन्छ । ज्ञान उपार्जनका लागि जनैको महत्व ठूलो छ । तागाधारीले जनै नलगाई गरेका कर्म निष्फल हुन्छ भनेर शास्त्रमा पनि लेखिएको छ । त्यसैले उनीहरू जनै नलगाई कुनै काम गर्दैनन् । 

मनुष्य जन्मँदा तीनवटा ऋण (देउता, पितृ र ऋषिको ऋण) बोकेर आएको हुन्छ । देवताको ऋण तिर्न वेलाबखत यज्ञ, श्राद्ध गरेर पितृको ऋण तिर्ने गरिन्छ । ऋषिहरूको ऋण तिर्न वेदको अध्ययन गर्ने र यसरी पर्वहरूमा तर्पण दिने गरिन्छ । त्यसैले यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ । 

क्वाँटीको महत्व
यस दिन धेरैको घरमा क्वाँटी पाक्छ । विभिन्न थरीका गेडागुडी मिलाएर खाइन्छ । त्यसैले क्वाँटी खाने पूर्णिमा पनि भनिन्छ । मानिसलाई वर्षाको समय खेतीपातीको काम गर्दा चिसो लाग्ने भएकाले सर्दी निकाल्न र शरीरमा पोषक तत्व पुर्‍याउन क्वाँटी खाने गरिन्छ । यो कृषि र प्रकृतिसँग सम्बन्धित छ । 

गाईजात्रा 
गाईजात्रा हाम्रो सामाजिक र सांस्कृतिक परम्परा हो । यो निकै पुरानो पर्व हो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिन दिवंगत भएका पितृ र बन्धुहरूको सम्झनामा गाईको स्वरूप बनाएर वा विभिन्न झाँकी निकालेर दुःख बिर्सने गरिन्छ । जुन घरमा पितृ वा बन्धुको निधन भएको छ, त्यही घरबाट जात्रा निकालिन्छ । कसैले गाई नै निकाल्छन् । कसैले झाँकी र विभिन्न किसिमका स्वरूप धारण गरेर नगर परिक्रमा गर्छन् । यसपटक जनैपूर्णिमा र प्रतिपदा एकै दिन परेको छ ।