Skip This
लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १३ बुधबार १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १२:१३:oo

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएकामध्ये १८ जनाले नागरिकता त्याग गरेका छन्  । लमजुङ स्थायी घर भई कामको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले ०७४ र ०७८ सालमा पाँच–पाँचजनाले नागरिकता त्यागेका छन् ।

त्यसैगरी, जिल्लामा ०७३ सालमा दुईजना, ०७५ सालमा एकजना, ०७९ सालमा दुईजना र ८० सालको हालसम्म तीनजनाले नागरिकता त्याग गरेको मिश्रको भनाइ छ । लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले नागरिकता त्याग गरेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७९/८० मा ६ हजार चार सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या पाँच हजार आठ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा चार हजार पाँच सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सोबाहेक सात हजार पाँच सय ५८ जनाले वंशजको आधारमा नयाँ नागरिकता लिएको र चारजनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।