१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १३ बुधबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार ११:५७:oo

सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ। बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको हो। 

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल हुने बताइएको छ। भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति सर्वसम्मत रूपमा चयन भएका थिए। 

जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा( एकीकृत समाजवादी)का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन्। 

त्यस्तै, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसकी डा. आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन्। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानुन, न्याय तथा मानव अधिकार समितिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह चयन भएका छन्।