
पाल्पाकाे रिब्दिकोट गाउँपालिका- ३ जोर्तेमा पहिरोसहित आएको ढुंगाले स्कार्पियो थिच्दा तीनजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । दुर्घटना बिहान ८:१५ मा भएको हो ।
गुल्मीको तम्घासबाट बुटवलका लागि हिँडेको लु.१ज ४६०० नम्बरको कालो प्लेटको स्कार्पियो गुडिरहेका वेला माथिबाट ढुंगासहितको पहिरो झरेर दुर्घटनामा परेको हो । सो सडक वर्षौँदेखि निर्माणाधीन अवस्थामा छ । साँघुरो र उकालो भएका कारण जोर्तेमा सधैँ दुर्घटनाको जोखिम छ ।