१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १२ मंगलबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको सांसद यादवको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १७:२६:oo

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरूमाथि ढुंगा नहान्न चेतावनी दिएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरूमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्। 

सांसद यादवले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको दाबी गरे। त्यस्तै, वीरगन्जका काशी तिवारीको हत्या मुद्दा पनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरे।  

उनले भने, ‘जसको घर सिसाको हुन्छ। अरूमाथि ढुंगा चलाउन कोसिस नगरे हुन्छ। प्रभु साह आफ्नै धेरै मुद्दाहरू छन्। वीरगन्जमा काशी तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ। अदालतमा छ। सुरक्षित छ। राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। गौर हत्याकाण्ड दुःखदायी घटना भयो। त्यो वेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो। उहाँको उक्सावटमा यो घटना भएको हो। त्यो वेला आयोग बनेको थियो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्‍यो सरकारले। आयोगको प्रतिवेदनले दोषी देखाए स्विकार्छौँ।’

उनले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। प्रतिवेदनले आफ्ना नेताहरूलाई दोषी देखाए पनि स्विकार्न तयार रहेको उनको भनाइ थियो।