Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार ११:५२:oo
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला रु. एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु. ६ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय ५० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।