१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोसीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्ने कुरा झुटो : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको विषयमा आपत्ति जनाएका छन्।

साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए। 

संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन, सहमति नभएको दाबी गरे। उनले कोसी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताए। 

उनले राप्रपाले कोसी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र सुरुको गठबन्धनताका नै राप्रपालाई कोसी प्रदेशको सभामुखको भाग परेको बताए। उनले राप्रपालाई कोसी प्रदेशमा मुख्यमन्त्रीको अफर आएकोसमेत दाबी गरे। 

अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको बताए। उनले यो हुनुमा दिल्लीमा बनेको १२ बुँदे सहमति, त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने गरी भइरहेको क्रियाकलापमा सरकारी उदासीनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको जिकिर गरे।  

अध्यक्ष लिङ्देनले धार्मिक तथा सामाजिक सदभाव कायम गर्नका लागि हिन्दू, बुद्ध, किराँतलगायत सबै धर्मलाई समान सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता भएको बताए।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजसंस्था हुनुपर्छ भन्ने कुरा अहिलेको घटनाक्रमले झनै बलियो बनाएको बताए।