१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडावासीले पाएनन् बालेनको साथ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o४:oo

विगतका सहमति कार्यान्वयन नथाले १ असोजदेखि फोहोरमैला ढुवानी ठप्प पार्ने चेतावनी 

काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट बन्चरेडाँडा–सिसडोलका बासिन्दाबीच एक महिनाअघि फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने, बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न विज्ञसहितको टोली तुरुन्त पठाउनेलगायतका सहमति भएको थियो । सहमतिपछि बन्चरेडाँडा–सिसडोलवासीले काठमाडौं उपत्यकाको फोहोर ढुवानी सहज बनाएका थिए । तर, सहमति भएको एक महिनासम्म पनि कार्यान्वयनको चरणमा नगएपछि फेरि फोहोर ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा विजयी भएलगत्तै महानगरका मेयर बालेन्द्र साह (बालेन) ल्यान्डफिल साइट बन्चरेडाँडा पुगेर स्वच्छ वातावरणमा बाँच्न पाउने स्थानीयको अधिकार ग्यारेन्टीको आश्वासन दिएका थिए । १६ जेठ ०७९ मा शपथ लिएलगत्तै २० गते तै मेयर साह र उपमेयर सुनीता डंगोल फेरि बन्चरेडाँडा पुगेका थिए । त्यतिवेला पनि वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । तर, उनीहरूको आश्वासनअनुसार काम नभएपछि स्थानीयवासी ‘वार कि पार’ गर्ने तयारीमा छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै विगतका सहमति कार्यान्वयनको चरणमा नगए १ असोजदेखि फोहोर ढुवानी ठप्प पार्ने चेतावनी दिएको हो । 

समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार मेयर बालेनले आश्वासन मात्रै दिने गरेको आरोप लगाए । फोहोरमैला व्यवस्थापनको विषयमा मेयर बालेनसँग पटक–पटक छलफल गर्न खोजे पनि समय नदिएको बताए । उनले ल्यान्डफिल साइटका बस्ती हटाएर अरू काम गर्न आग्रह गरे ।

महानगरको दाबी– हामीले भन्दा पनि संघीय सरकारबाट गर्नुपर्ने काम बाँकी छन्
समितिको आरोपलाई भने महानगरले सामान्य रूपमा लिँदै आएको छ । महानगरले केही दिनमा उनीहरूसँग वार्ता, छलफल हुने र सहमति गर्ने जनाएको छ । ‘बर्सातका कारण लिच्चड व्यवस्थापनमा केही समस्या भएको हो, फोहोर ट्यापिङ गर्न उनीहरूले माटो उठाउनै दिँदैनन् । त्यहाँको स्थानीय तहसँग भएको सहमतिअनुसार गर्नुपर्ने सबै काम भएका छन् । व्यक्तिगत रूपमा उठाएका समस्या त कसरी समाधान गर्न सक्छौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।

ad
ad