१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीको व्याख्यात्मक टिप्पणीबारे छलफल आवश्यक : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन्।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसिसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताए। नेपालले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा अन्य विषयहरूमा पनि समस्या देखिएकाे भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे।

‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन्। केही जल्दाबल्दा विषयहरू छन्। एमसिसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन? भन्नेबारेमा पनि कुरा उठिसकेको छ। हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन्। सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन्,’ उनले भने।

अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको प्रस्ट पारे।