१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्टार्टअपलाई परिभाषित गर्न तत्काल नीति ल्याउन आवश्यक : चन्द्र ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१९:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताएका छन्।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘स्टार्टअप राष्ट्र २०३०’ सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको औँल्याए।

‘स्टार्टअप नीति छिट्टै पारित गर्नुपर्छ भन्ने महासंघको धारणा रहेको छ। यसले नीतिगत स्पष्टतासँगै स्टार्टअपलाई परिभाषित पनि गर्नेछ। जुन अझै हुन सकेको छैन। स्टार्टअपको परिभाषा नहुँदा विभिन्न प्रवर्द्धनका कार्यक्रम ल्याइए पनि कार्यान्वयन हुन सकेका छैनन्,’ उनले भने।

अध्यक्ष ढकालले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले स्टार्टअप स्थापनापछिको   निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने प्रस्ट पारे।