१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ १० आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाप्रतिको पूर्वाग्रह त्याग्न शंकर पोखरेललाई अधिकारीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १३:५१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता ई. विशाल अधिकारीले रास्वपाप्रतिको पूर्वाग्रह त्याग्न एमाले महासचिव शंकर पोखरेललाई आग्रह गरेका छन्।

घोराही उपमहानगरपालिकास्थित पार्टीको वडा तथा नगर भेलालाई सम्बोधन गर्दै अधिकारीले चुनावमा पराजित भएको कुण्ठा त्याग्न सुझाएका हुन्। गएको आमनिर्वाचनमा अधिकारी र पोखरेलले  प्रतिस्पर्धा गरेका थिए। दुवै पराजित हुँदा रेखा शर्मा निर्वाचित भएकी थिइन्।

रास्वपाकै कारण पराजित भएको भनेर पोखरेलले कुण्ठा पोख्दै आएको भन्दै अधिकारीले लोकतन्त्रमा प्रतिस्पर्धाको परिणामलाई सहज रूपमा लिन अपिल गरे।

रास्वपाको विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभाग सदस्यसमेत रहेका अधिकारीले दुईदलीय प्रणालीको वकालत गरेर वैकल्पिक राजनीति र नयाँ अनुहारलाई रोक्नुपर्ने विचार राख्नु पोखरेलको सामन्ती चिन्तनबाट ग्रसित विचार भएको बताए। उनी अन्तर्यमा सामन्तवादका अवशेष भएको उनको टिप्पणी छ।

‘लोकतन्त्रमा दलीय सिन्डिकेट लगाउने कुरा गर्नु आफैँमा  नमिल्दो छ। दलीय सिन्डिकेटमार्फत देशमा लुटतन्त्रको निरन्तरताको वकालत गर्नु देशका लागि दुर्भाग्यपूर्ण विषय हो,’ उनले भने।

अधिकारीले रास्वपाको उदयको कारण विदेश जाने संख्या बढ्यो भन्नु पोखरेलको रास्वपाप्रतिको पूर्वाग्राही कुरा मात्र भएको बताए । ‘रास्वपाको उदय सुशासन र विकासको पक्षमा भएकाले रास्वपाप्रति आक्रोश र पूर्वाग्रह नबोक्न उहाँलाई मेरो अनुरोध छ,’ उनले भने।