मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ९ शनिबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ९ शनिबार १८:५७:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तागठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार नेकपा (एकीकृत समाजवादी) बन्न नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचिरेहको टिप्पणी गरे।

कोसी प्रदेशबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो? भन्दै उनले प्रश्न गरे। गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै खनालले यसबारेमा पार्टी क्लियर हुनुपर्ने प्रस्ट पारे।

‘कोसीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ? हाम्रो पार्टी क्लियर हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनुहुँदैन। हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ। त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्व हुन्छ,’ उनले भने।