मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
गणेश लम्साल विराटनगर
२०८० भदौ ९ शनिबार १३:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ र सुनसरीमा सोमबारदेखि दादुरा–रुबेला खोप अभियान 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० भदौ ९ शनिबार १३:०३:००

कोसी प्रदेशको मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ।

११ भदौ सोमबारदेखि प्रदेशको राजधानी विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो। स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदय श्रेष्ठका अनुसार मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिकामा दादुरा–रुबेलाका बिरामीहरू धेरै फेला परेका छन्। रतुवामाईमा ४१ र बर्जुमा ३२ जना बिरामी भेटिएका छन्।

मोरङ र सुनसरीमा विद्यालयकेन्द्रित खोप केन्द्र राखेर अभियान सञ्चालन हुनेछ। दादुरा–रुबेला खोप ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ। शिशु अवस्थामा रहेका आफ्ना सन्तानलाई अझै पनि धेरै आमाहरूले नियमित सबै खोप लगाउने गरेका छैनन्।

सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुबेला निवारण गर्ने लक्ष्य राखेको थियो। तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य राखेको छ।