१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा वर्षेनी सम्बन्धविच्छेद बढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

लमजुङमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्। जिल्ला अदालत लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै ३ सय ३८ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। अदालतमा आएको मुद्दामध्ये अंशबन्डा र लेनदेनमा भन्दा सम्बन्ध विच्छेदका घटना तीन गुणा बढी देखिन्छ। अदालतमा दर्ता भएको ३ सय ३८ मध्ये २ सय ७४ मुद्दा फैसला भएको छ भने ७४ थान मुद्दा फैसला हुन बाँकी रहेको छ। 

जिल्ला अदालत लमजुङको तथ्यांकअनुसार आ.व ०७८/७९ मात्र ३ सय ३२ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। आ.व ०७८/७९ मा दर्ता भएका ३ सय ३२ मुद्दामध्ये २ सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन्।

यस्तै, आर्थिक वर्ष ०७७/७८ मा २ सय ७० वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा २ सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो। न्यायाधीश खनालले भने, 'अदालतमा वर्षभरिमा पर्ने कुल मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा हुने गरेका छन्।'

सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको न्यायाधीश खनालको भनाइ छ। सँगै बाच्ने र सँगै मर्ने कसम खाएर साइनो गाँसेका जोडीहरूबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुने गरेको छ।

एउटै रथका दुई पांग्रा भनिएका पति—पत्निबीच बिमेल भएपछि लमजुङमा सम्बन्धविच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। बाबुआमाले गर्ने सम्बन्धविच्छेदको प्रत्यक्ष असर नाबालक छोराछोरीहरूलाई पर्न गई उनीहरूको भविष्यसमेत अनिश्चित हुने बेँसीसहरकी महिला अधिकारकर्मी कमला केसी बताउँछिन्। 

किन बढ्छ सम्बन्धविच्छेद 
लमजुङमा पछिल्लो समय सम्बन्धविच्छेदको ‘ट्रेन्ड’ बढ्दो छ। आपसमा विश्वासको वातावरण बनाउन नसक्दा धेरै जोडीहरू टुट्ने गरेको अदालतका स्रेस्तेदार भेषराज पौडेलको बुझाइ छ। उनी भन्छन्, 'सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर जोडिएको सम्बन्ध पति विदेश गएपछि एकाएक भत्किने गरेको पाइएको छ। अहिलेसम्मको घटनाको प्रकृतिअनुसार सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवन शैलीको नक्कल, देखासिकीजस्ता कारणहरू देखिएको छ।'

उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमल बताउँछन्। पारिवारिक समस्या भएका कतिपय दम्पतीहरू अदालतमा गएर सम्बन्धविच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन्। सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्धविच्छेद नै गराउन चाहनेहरूलाई अदालत पठाउने गरेको प्रहरीको भनाइ छ। जिल्लामा विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद हुने गरेको पाइएको छ।