१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आत्मसमर्पण गरेको २० मिनेटपछि धरौटीमा रिहा भए पूर्वराष्ट्रपति ट्रम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीबार आत्मसमर्पण गरेका छन्। 

आफू रहेको गल्फ क्लब न्युजर्सीबाट एटलान्टा पुगेर उनले बिहीबार साँझ आत्मसमर्पण गरेका छन्। उनी आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा रिहा भएका हुन्। 

उनलाई पनि अन्य राज्यद्रोहको अभियोग लगाइएकाहरूलाई झैँ ट्रम्पको फिंगरप्रिन्ट फोटो लिइएको थियो। घर फर्किने क्रममा उनले आफूले कुनै पनि गल्ती नगरेको दोहोर्‍याए। 

उनले ०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाए। ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लगेको छ। 

(सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।)