१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले क्षतिग्रस्त बनाएपछि रुखेडामा पठनपाठन प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

जुम्लाको तिला गाउँपालिका– ६ रुखेडास्थित देवी महादेव माध्यामिक विद्यालयमा बुधबार वर्षासँगै आएको बाढीले क्षति गरेपछि पठनपाठन प्रभावित भएको छ। ६–११ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको हो।

यो विद्यालय गत वैशाखदेखि मात्र सञ्चालनमा ल्याइएको हो। खोलाको किनारमा विद्यालय स्थापना गरिएकाले बाढीपहिरोको जोखिम धेरै छ। कुनै न कुनै वेला विद्यालयमा बाढीले क्षति गर्ने स्थानीयको आकलन थियो।

प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ। उनले भने, ‘त्यो भवनमा विद्यालयको कार्यालय, विज्ञान ल्याब र कम्प्युटर कक्षा रहेको थियो। भवनभित्रै बाढी पसेपछि केही सामान बगाएको छ, केही भिजेको छ। भवन पनि भत्किएको छ।’

ढिपु, सुडी र रिपीका विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा सो विद्यालय सञ्चालन गरिएको थियो। कक्षा १० सम्म २२० र कक्षा ११ मा ५० विद्यार्थी छन्। प्रधानाध्यापक रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडीदेखि विद्यालयसम्म आवतजावत गर्ने दुईवटा काठेपुलसमेत बगाएको छ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तत्काल सो विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था छैन। विद्यालयभरि बाढीले ढुंगा गिट्टी, बालुवा र झारपात थुपारेको छ।