१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस भजनी
२o८१ बैशाख २२ शनिबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
रासस, भजनी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२७:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्ध रूपमा काम गर्दै आएको बताएकी छिन्।

‘नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि एकता सधैँ आवश्यक हुन्छ,’ उनले भनिन्। टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व. टेकबहादुर साउदको सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे–जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन्।

‘टीकापुर घटना निकै पीडादायी र दुःखद थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘अहिले पनि त्यही घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तिको सन्देश बाहिर पुग्ने गरेको छ। टीकापुरमा  अशान्ति छैन, शान्त छ।’

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सदभाव स्थापनाका लागि सबैले सकारात्मक रूपमा प्रस्तुत हुन आग्रह गरेकी छिन्।

ad
ad