१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा रहेकालाई मिड सोलु हाइड्रोपावरको सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रोपावर लिमिटेडको जारी पुँजीको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बाँडफाँट गरिएको छ । 

वैदेशिक रोजगारीमा रहेकालाई सात करोड ४८ लाख ४० हजार रुपैयाँ रकमबराबरको एक सय रुपैयाँ अंकित दरका सात लाख ४८ हजार चार सय कित्ता सेयर बाँडफाँट गरिएको हो । 

जम्मा ३१ हजार पाँच सय २२ जना आवेदकबाट सात लाख चार हजार दुई सय कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये एक हजार आठ सय ६७ जना आवेदकको ५८ हजार ६ सय ४० कित्ताका लागि भएको आवेदन विभिन्न कारणले रद्द भएको जनाइएको छ ।

कुल २९ हजार ६ सय ५५ जना आवेदकबाट प्राप्त ६ लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर खरिदका लागि अन्तिम आवेदन प्राप्त भएको उल्लेख छ । जसमध्ये गोलाप्रथामार्फत कुल सात हजार चार सय ८४ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको क्यापिटलले जनाएको छ ।