मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ७ बिहीबार १०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिटी ब्रान्डिङका लागि अवधारणासहित सूचीकृत हुन महानगरकाे आह्वान

व्यक्ति, गैरसरकारी संस्था, फर्म सूचीकृत हुन पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ७ बिहीबार १०:१४:००

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन काठमाडौं महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अवधारणापत्रसहित सूचीकृत हुन आउन भनेको हो ।  

महानगरको समग्र ब्रान्डिङसम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेस गर्न सक्नेछन् । यसका लागि फर्म तथा संघसंस्थाले निवेदनसहित सिटी ब्रान्डिङ अवधारणापत्र तथा गर्न सकिने कामको प्राविधिक प्रस्ताव, अहिलेसम्म गरेका कामको अनुभव प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेस गर्नुपर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पान/भ्याट दर्ता प्रमाणपत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाणपत्र, आ.व. ०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् । 

व्यक्ति वा विज्ञले अवधारणा पेस गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्रसहित सिटी ब्रान्डिङ अवधारणापत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राविधिक प्रस्ताव पेस गर्नुपर्छ ।