१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o५:oo

मकवानपुर र बाराको सीमानजिक बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा बिहीबार बिहान १ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

प्रहरी उपरीक्षक रिजालका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षका बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मीरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुर्वेदी, सत्यवती र राजेन्द्र चतुर्वेदी रहेका छन् । 

यस्तै, नेपालको महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाका ४१ वर्षका विजयलाल पण्डितको पनि मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए । 

उनका अनुसार घाइते एकजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । यस्तै, एकजनाको हेटौँडास्थित चुरेहिल अस्पताल, एकजना सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफैँ अनियन्त्रित भई चुरियामाईभन्दा अन्दाजी एक सय मिटर दक्षिणमा बाटोबाट दश–पन्ध्र मिटर तल खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

दुर्घटना भएको बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यलय सिमराका डिएसपी क्षेत्रीको भनाइ छ । दुर्घटनापछि फरार रहेका बसका चालकलाई नियन्त्रणमा लिएको डिएसपी क्षेत्रीले बताए।