१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको पहलकदमीले संसद्को गतिरोध अन्त्य भयो : उपप्रधानमन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसद्को गतिरोध अन्त्य भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुईबुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताएका हुन्। 

प्रतिनिधिसभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुईबुँदे सहमति भएकोबारे सदनसमक्ष जानकारी गराए। उपप्रधानमन्त्री खड्काले सो दुईबुँदे सहमतिले दलहरूबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताए। 

उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढंगले छानबिन गर्ने उल्लेख गर्दै उनले अब संसद्को ध्यान संघीयतासँग सम्बन्धित कानुन निर्माणमा केन्द्रित हुने विश्वाससमेत व्यक्त गरे। 

प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरू निर्माणको काम थाती नै रहेकाले त्यसलाई पूर्णता दिने काममा संसद् र सांसदहरू केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। 

उपप्रधानमन्त्री खड्काले दलहरूबीचको सहमतिले मुलुक निर्माणमा सबै दलहरू मिलेर अघि बढ्ने विश्वासको वातावरण सिर्जना भएकोसमेत बताए।