१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करिब एक महिनापछि बस्याे प्रतिनिधिसभा बैठक, विशेष समयमा दलीय आधारमा बाेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १६:o६:oo

करिब एक महिनापछि प्रतिनिधिसभा बैठक सुरु भएकाे छ। कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने कार्यसूची तय भएको छ। 

यस्तै बैठकले एक घन्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरूले बोल्ने समय निर्धारण गरेको छ। 

सभामुख देवराज घिमिरेले झन्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरूबीच भएको सहमतिप्रति खुसी प्रकट गरे। उनले भने, ‘आजको सहमतिले सदन अवरोध खुलाउन पनि दलहरूबीच नै सहमति हुनुपर्ने कुराले प्रस्ट पारेको छ। संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौँ, म पनि गर्छु, माननीयहरूले पनि गर्नुपर्छ भन्ने मलाई लाग्दछ।’