१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
२o८o भदौ ६ बुधबार १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोबाट विस्थापित सुवावासीलाई आपतकालीन राहत 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १४:१५:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ सुवाका पहिरोपीडितलाई अल्पकालीन राहत वितरण गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति, म्याग्दीले पहिरोको कारण विस्थापित २० घरपरिवारलाई कुल एक लाख १० हजार नगद वितरण गरेको हो।

पहिरोबाट घर भत्किएका सतवीर पाइजालाई रु. १५ हजार र विस्थापित अन्य १९ जनालाई रु. पाँच–पाँच हजारका दरले राहत वितरण गरिएको छ। दानामा पहिरोको निरीक्षण गर्न पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उक्त राहत रकम वितरण गरेका हुन्।

सो कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतको उपस्थिति रहेको थियो।

मन्त्री जुग्जालीले तत्कालीन हिसाबले क्षति न्यूनीकरण, सुरक्षित बसोवासको व्यवस्था र दीर्घकालीन रूपमा प्राविधिक टोलीबाट अध्ययन गरी बस्ती स्थानान्तरण, एकीकृत बस्ती निर्माण र पुनर्निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदी तीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयवासीको उठीवास लगाएको छ। पहिरोले एक घर भत्किनुका साथै नाै घर उच्च र १० घरधुरी जोखिममा छन्।