Skip This
सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १२:१९:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको पुल्चोकमा रहेको ओरो प्लस डेन्टल क्लिनिकमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र क्लिनिकबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।  

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा यस्ता ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउने गरेको कम्पनीको भनाइ छ । 

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।