१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अफगानिस्तान ५९ रनमै अलआउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा अफगानिस्तान ५९ रनमै अलआउट भएको छ । पाकिस्तानले अफगानिस्तानमाथि पहिलो खेलमा एक सय ४२ रनको फराकिलो अन्तरले जित निकालेको छ । सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । पहिलो ब्याटिङ गरेको पाकिस्तान ४७.१ ओभरमा दुई सय एक रनमा अलआउट भएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा अफगानिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र जोड्यो । 

अफगानिस्तान कम योगफलमा समेटिँदा ह्यारिस राउफले घातक बलिङ गरेका थिए । उनले ६.२ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिए । यसैगरी, फास्टबलर साहिन साह अफ्रिदीले चार ओभरमा दुई मेडन राखी दुई विकेट लिए । उनले आफ्नो स्पेलमा दुई मेडन ओभर गरेका थिए । सदाव खानले एक ओभरमा एक मेडन राखी एक विकेट लिए । 

अफगानिस्तानका लागि ओपनर रहमुल्लाहले सर्वाधिक १७ रन बनाएका थिए । यसअघिको ब्याटिङमा पाकिस्तानका लागि इमान उल हकले सर्वाधिक ६१ रन जोडे । उनले ९३ बलमा दुई चौका प्रहार गरेका थिए । मोहमद रिजवानले २२ बलमा २१ रन तथा सदाव खानले ५० बलमा ३९ रन बनाए । इफतिखर अहमेदले ४१ बलमा दुई चौकाको सहयोगमा ३० रन बनाए । बलिङमा अफगानिस्तानका लागि मुजिव उर रहमानले ३३ रन खर्चेर तीन विकेट लिए । मोहमद नावी र रसिद खानले समान दुई विकेट लिए ।