१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्रमा ५६ जना एसपी र ८४ जना डिएसपीमा बढुवा सिफारिस [सूचीसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा र ८४ जना नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।

एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन्। २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन्।

यसैगरी, २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डिएसपीमा बढुवा भइसकेको छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका हुन्। यसैगरी, २०६६ मंसिर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डिएसपी भएका छन्।

योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीको भनाइ छ।