Skip This
१० दिनदेखि अवरुद्ध भेरी करिडोरको डोल्पाखण्ड खुल्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ५ मंगलबार १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० दिनदेखि अवरुद्ध भेरी करिडोरको डोल्पाखण्ड खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १५:१४:oo

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोरको डोल्पाखण्ड अवरुद्ध भएको १० दिनपछि खुलेको छ।

त्रिपुरासुन्दरी नगरपालिका- ५ अनारदुलामा माथिबाट खसेको सुक्खा पहिरोको कारण अवरुद्ध भएको सडक १० दिनपछि खुलेको  हो।

एक्स्काभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरी करिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिए।

सुक्खा पहिरोले सडकसमेत भासिएकाले बाटो खुलाउन तटबन्धसमेत गरिएको उनले बताए। सडक खुलेपछि जिल्ला भित्रिने र बाहिरिने सवारीसाधनहरू आवागमनमा सजिलो भएको यातायात व्यवसायीले बताएका छन्।