१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बयानका लागि सिआइबी पुगेका पूर्वमन्त्री जोशीले भने- भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सिआइबी) कार्यालय पुगेका छन्। 

गत साता सिआइबीले उक्त प्रकरणमा संलग्न भएको भन्दै तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह, तत्कालीन भूमिसुधार मन्त्रालयका मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सोहीअनुरूप पूर्वमन्त्री जोशी आज बयान दिन आफैँ सिआइबी पुगेका थिए। तर, उनलाई बयान नलिई ‘फेरि बोलाउँला’ भनी फर्काइएको जोशीले बताए। 

उनले भने, ‘पहिलोपटक सिबिआई प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनुभयो। तर, फेरि अहिले नआउनु भनी खबर आयो। आज फेरि बोलाएबमोजिम सवा १ बजे सिआइबी कार्यालय पुगेको थिएँ। तर, बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो। भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ। म फरार छुइनँ।’