१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप गिरि बिपीपछिकै ठूला समाजवादी चिन्तक : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 
 
सभापति देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताए।

सभापति देउवाले स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने र उनका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने उनको भनाइ थियो। 

सभापति देउवाले स्व. प्रदीप गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए।