१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ४ सोमबार o६:o२:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आफ्नो क्षमताको पहिचान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार o६:o२:oo

एउटा जंगलमा ठूलो ताल थियो । तालवरिपरि सुन्दर बगैँचा थियो । बगैँचामा अनेक प्रकारका बोटबिरुवा थिए । टाढाटाढाबाट आएका मानिस त्यहाँका रंगीचंगी फूल र बगैँचाको सुन्दरताको बयान गरेर थाक्दैनथे । मानिसहरू फूलको प्रशंसा गर्थे । त्यो सुन्दा गुलाफको पातलाई पनि आफ्नो कसैले प्रशंसा गरिदिए हुन्थ्योजस्तो लागिरहन्थ्यो । तर, कसैले पनि उसको प्रशंसामा एक शब्द पनि खर्चिएको उसले सुनेन । 

धेरै दिन बित्दा पनि कसैले उसको प्रशंसा नगरेपछि गुलाफको पात निकै उदास रहन थाल्यो । ऊ आफूलाई काम नलाग्ने वस्तु ठानेर झोक्राउन थाल्यो । सायद फूलजस्तो सुन्दर नभएको हुनाले आफूलाई कसैले वास्ता नगरेका होलान् भन्ने सोचेर ऊ आफ्नो रूपलाई धिक्कार्न थाल्यो । यसैगरी दिन बित्दै थिए । एक दिन जंगलमा अचानक बडो जोडले हावाहुरी चल्न थाल्यो । केहीबेरमै त्यसले शक्तिशाली आँधीको रूप लियो । बगैँचाका साराका सारा रूख, बिरुवा तहसनहस भए ।

हेर्दाहेर्दै सबै फूल झरेर हावासँगै बेपत्ता भए । गुलाफका पात पनि आफ्नो हाँगाबाट अलग भए र हावाको बेगमा उड्दाउड्दै नजिकको तालमा पुग्यो । पातले आफूभन्दा केही पर हावाको बेगसँगै उड्दै आएर तालमा खसेको एउटा कमिलालाई देख्यो । ऊ आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेको थियो । आफूलाई बचाउने संघर्ष गर्दागर्दै कमिलो थाकिसकेको थियो । उसलाई आफ्नो मृत्यु निकट आइरहेको आभास भइरहेको थियो । त्यति नै वेला पातले उसलाई आवाज दियो– चिन्ता नगर कमिला भाइ, म तिमीलाई बचाउनेछु ।

यसो भनेर उसले कमिलालाई आफूमाथि बसायो । आँधी रोकिँदारोकिँदै पात तलाउको किनारमा पुग्यो र कमिला पनि पातबाट जमिनमा पुग्यो । आफ्नो ज्यान बचेकोमा कमिलो निकै खुसी भयो । उसले भन्यो– आज तपाईंले मेरो ज्यान बचाएर ममाथि निकै ठूलो उपकार गर्नुभयो । तपाईं महान् हुनुहुन्छ । तपाईंलाई धेरैधेरै धन्यवाद ! 

कमिलाको कुरा सुनेर पातले भावुक हुँदै भन्यो– धन्यवाद त मैले तिमीलाई भन्नुपर्ने हो कमिला भाइ ! किनकि, तिम्रै कारणले आज पहिलोपटक मैले मेरो क्षमता चिन्न पाएँ । मैले जीवनमा आफ्नो उद्देश्य र क्षमता दुवै जान्ने मौका पाएँ ।