१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार २o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान, सदनको गतिरोध अन्त्यबारे छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार २o:२५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताको बैठक बोलाएका छन्। 

राष्ट्रपति पौडेलले भोलि बिहान साढे आठ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएका हुन्। 

लामो समयदेखि संसद्का दुवै सदनको बैठक अवरुद्ध भइरहेका वेला गतिरोध अन्त्यको पहलका लागि राष्ट्रपतिले शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

यसअघि राष्ट्रपतिले केही दिनदेखि गतिरोध अन्त्यका विषयमा शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरी संसद्को गतिरोधबारे छलफल गरेका थिए। 

आजै साँझ पनि राष्ट्रपतिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए। सो छलफलमा रास्वपा सभापति लामिछानेले गतिरोध अन्त्यका लागि सहजीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। 

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण गत १० साउनयता संसद् चल्न सकेको छैन। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उसको माग सरकारले अस्वीकार गर्दै आएको छ।